लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलानलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको छ। नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेको हो । घलान लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका लागि लडिरहेकी छिन् ।
उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा आज ज्ञापनपत्र बुझाएको छ।