युट्युबलाई चुनौती दिनेगरी म्युजिक भिडियो सेयरिङ प्लेटफर्म विकासमा केन्द्रित भएको फेसबुकले 'वाच लेटर' वटन सुरु गरेको छ।
फेसबुक प्रयोगकर्ताले कुनै भिडियोमा माउस पुराएर दाहिने कुनामा वाच लेटर बटन देखिनेछ। त्यसलाई पछि हेर्न मन लागेमा सेभ गर्ने सुविधा फेसबुकले थपेको हो। अरुबेला सेभ गरिने स्टोरी वा अन्य लिङ्क जस्तै वाच लेटर बटन दबाउन साथ भिडियो सेभ्ड फोल्डरमा सेभ भइसक्नेछ। डेस्कटप कम्प्युटर प्रयोगकर्ताको देब्रे कुनामा सेभ भएर बस्नेछ। मोबाइलमा मोर मेन्युमा देखिनेछ।

१८ महिना यता फेसबुकले युट्युब फिड देखाउन छोडेको छ। फेसबुक फिडमा ओरिजिनली फेसबुकमै सेयर गरिएका वा अपलोड गरिएका भिडियोहरु मात्र तपाइँको टाइमलाइनमा आइरहेका छन्। प्रयोगकर्ताले अपलोड गरेका यस्ता भिडियोको सेयरिङ तथा लाइकलाई फेसबुकले नजिकबाट अध्ययन गरिरहेको छ। र विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी म्युजिक भिडियो केन्द्रित नयाँ भिडियो सेयरिङ गर्ने प्लेटफर्म विकासमा केन्द्रित भइरहेको छ।
वाच लेटरलाइ सोही कार्यको पूर्वतयारीको रूपमा लिइएको छ।
प्रकाशित: ३१ असार २०७२ २१:४० बिहीबार



