ब्लुमबर्ग रिपोर्टले आउँदो सेप्टेम्बरमै एप्पलले आइफोन ६ एक्स, आइफोन ६ एक्स प्लस र आइफोन ७ सार्वजनिक हुनसक्ने उल्लेख गरेको छ।
के के हुनेछ त नयाँ आइफोनमा? ब्लुमबर्गले त्यसका सम्भावित फिचरबारे उल्लेख गरेका छन् । आइफोनको क्यामेरा अब १२ मेगापिक्सलको हुनेछ। कम प्रकाशमै राम्रा तस्बिर/भिडियो खिच्न सकिने विशेषता पनि यसमा हुनेछ। अहिले आइफोनमा ८ मेगापिक्सल क्यामेरामात्र छ। यसमा फोर्स टर्चको विशेषता पनि हुनेछ। जुन हालसालै म्याकबुकमा ल्याइएको थियो।
नयाँ आइफोनमा एलटीइ एमडीएम ९६३५ एम क्वालकम चिप्स पनि राखिएको छ। जसले डाउनलोड स्पिड दुई गुणाले छिटो हुनेछ। यसले ब्याट्री लाइफलाई जोगाउन पनि मद्दत गर्छ।
प्रकाशित: २५ असार २०७२ ०३:४४ शुक्रबार