काठमाडौं- फेसवुक साथीले तपाईलाई आफ्नो लिष्टबाट हटाएको थाहा पाउने नयाँ एप आएको छ। 'हु डिलेट मि फर फेसवुक' नामको एपलाई आइओएस र अन्ड्रोइड दुबै मोवाइलमा डाउलोड गर्न सकिने छ। एपले अहिले भइरहेका फेसवुक साथीको लिष्ट र हटेका साथीको लिष्ट देखाउने छ। तर यो एप डाउनलोड गर्नु भन्दा अघिको अवस्था भने यसले देखाउने छैन। यसले कसले साथीबाट हटायो भन्ने नोटिफिकेसन समेत दिने छ।
प्रकाशित: २२ असार २०७२ ०७:२४ मंगलबार