प्रविधि

चिच्याएर खिच्नुस् सेल्फी

पछिल्लो समय सेल्फी खिच्ने ट्रेन्ड विश्वव्यापी बनेको छ। आम मानिसदेखि उच्च पदस्थ व्यक्तिसमेत 'सेल्फी'बाट प्रभावित छन्। सबैले आ–आफ्नै तरिकाले सेल्फी खिच्छन्।क्यामेरा, मोबाइल वा सेल्फी स्टिकबाटै सेल्फी खिच्ने गर्छन्। अब यसमा एउटा विशेषता थपिएको छ। तपाईंले चिच्याएर पनि सेल्फी खिच्न सक्नु हुन्छ। एप्पलको स्मार्टफोन प्रयोगकर्ताका लागि बनाइएको यो एप 'टि्रगरट्र्याप सेल्फी' ध्वनिको मद्दतले क्यामेरा अन गर्छ। यो एप ट्रगर बनाउने कम्पनी टि्रगरट्र्यापले बनाएको हो।

पेटापिक्सल डटकमका अनुसार यो एपको मद्दतले सजिलै सेल्फी खिच्न सकिन्छ। मोबाइललाई सेल्फी खिच्ने आकारमा राखेर चिच्याउँदा क्यामेरा आफैँ क्लिक गर्नेछ। सेल्फी खिचिसकेपछि तस्बिरको प्रिभ्यू पनि देखाउने गरेको बताइएको छ। दोस्रोपटक क्लिक गर्नका निम्ति पनि हल्का चिच्याउनुपर्ने जनाइएको छ।

'चिच्याहटको ध्वनि एपमा सुनिने बित्तिकै स्मार्टफोनको पिक्सेलेटोड स्त्रि्कन खुल्ने र आफैँ तस्बिर लिने गर्छ,' टि्रगरट्र्यापले भनेको छ। यो एपमा फेस टिक्सन प्रणाली पनि राखिएको छ। यसले मानिसको अनुहार देखेपछि मात्र सेल्फी क्लिक हुन्छ।

प्रकाशित: २८ जेष्ठ २०७२ ०४:२३ बिहीबार