प्रविधि

कस्तो छ गुगलको एन्ड्रोइड एम?

काठमाडौं-गुगलको एन्ड्रोइड एम बजारमा छिट्टै आउँदै छ। गुगलले बजारमा भएका सबै अपरेटिङ सिस्टम भन्दा फरक सिस्टम ल्याउन चाहेको हो। गुगल एन्ड्रोइड एमका केही फिचरले पुराना संस्करणलाई विर्साउने दावा गुगलले गरेको छ।


एन्ड्रोइड एमबाट अनलाइन खरिद विक्रीको लागि पैसा दिन सकिने छ। पहिले अमेरिकामा एन्ड्रोइड पे सुरु हुने छ। औंठा छापको माध्यमबाट गुगलले तपाइको पहिचान बताउन सक्ने छ।
फोनको प्रयोग भइरहेको छैन भने ब्याट्री बचाउन समेत सकिने छ। एन्ड्रोइडको व्याट्री कमजोर भएको आरोप खेप्दै आएकोले गुगलले यो फिचर बनाएको हो। एन्ड्रोइड एम को एप डाउनलोड गर्ने समयमा अनुमति मागिने छैन। तर फिचर प्रयोग गर्दा एप परमिसन खोज्ने छ, जस्तो क्यामेरा, लोकेशनको लागि प्रमिशन लिनु पर्ने छ।

प्रकाशित: १८ जेष्ठ २०७२ ०८:५२ सोमबार