प्रविधि

युवतीको बोल्ड पोष्ट फेसबुकले किन डिलिट गर्‍यो?

फेसबुकमा केटीहरुलाई चिनेका केटाहरुको सन्देश आउनु सामान्य कुरा हो। यीमध्ये धेरै साथीको प्रस्ताव गरिएका हुने गर्छन्। यस्ता सन्देशहरु कहिल कहीँ अस्लिल पनि हुन्छन्। यस्तै एक नचिनेका पुरुषको सन्देशलाई लिएर दिल्ली विश्वविद्यालयकी एक विद्यार्थीले जवाफ लेखेकी छिन्, जुन अहिले विश्वमै चर्चित बेनको छ।

उनले दिएको जवाफ सोसल मिडियामा भाइरल भएको छ। पहिला उनले ती व्यक्तिलाई जवाफ दिइन्  र त्यसको स्क्रिनसट आफ्नो वालमा पोष्ट गरिन्।

के छ जवाफमा?

फेसबुकमा ती पुरुक्षले छात्रालाई सेक्सी भन्दै अश्लिष टिप्पणी गरेका थिए। जवाफमा उनले भनिन्, 'मैले तपाइँजस्ता धेरै घटिया मान्छे देखेकी छु तर मैले उनीहरुलाई जान दिएँ। यो मेरो गल्ती थियो। हामी केटीहरु फेसबुकमा सेक्स गर्न वा केटाहरुको ध्यान तान्न आएका हुँदैनौं। यदि तपाइँ यस्तो चाहनुहुन्छ भने यो तपाइँलाई चर्चित हुने मौका हो। अब तपाइँ प्रहरीको मुद्दा झेल्न र फेसबुकमा चर्चित हुन तयार रहनुहोला। म तपाइँविरुद्ध उजुरी गर्न गइरहेकी छु। मसँग तपाइँबारे सबै जानकारी छन्।

छात्राले सन्देश पठाउने व्यक्तिकी श्रीमतीप्रति समवेदना जाहेर गरेकी छिन्। 'तपाइँ आफ्नी श्रीमतीलाई भनिदिनोस् कि मेरो समवेदना उनलाई छ', उनले भनेकी छन्।

दिल्ली पुलिसका बरिष्ठ अधिकारी मुक्तेश चन्दरले छात्राको कदमको सराहना गर्दै प्रहरीले उनलाई सघाउने भरोसा दिएका छन्। यता सन्देश पठाउने व्यक्तिले आफ्नो फेसबुक अकाउन्ट पहिलै ह्याक भएको र कसैले त्यसको दुरुपयोग गरेको बताएका छन्। पछि सो फेसबुक अकाउन्ट डिएक्टिभेट गरिएको छ।

फेसबुकले डिलिट गर्‍यो पोष्ट

७ हजारबढी सेयर भएको र मिडियामा चर्चित बनेको दिल्ली विश्वविद्यालयकी ती छात्राको बोल्ड पोष्टलाई फेसबुकले हटाइदिएको छ। फेसबुकले कम्युनिटी गाइडलाइन्सलाई उदृत गर्दै पोष्ट डिलिट गरेको हो। सोमबार साँझदेखि छात्रा प्रेरणा प्रथम सिंहको प्रोफाइलबाट पोष्ट हटेको हो। पोष्ट हटाएको विषयलाई उनले बिरोध गरेकी छिन्।

प्रकाशित: ५ जेष्ठ २०७२ ००:१२ मंगलबार