प्रविधि

‘सर्भे मङकी’का सीइओ डेभ गोल्डबर्गको निधन

सन फ्रान्सिस्को-सर्भे मङकीका सीईओ तथा फेसबुकका प्रमुख सञ्चालन अधिकृत सेरिल स्यान्डबर्गका पति डेभ गोल्डबर्गको असामयिक निधन भएको छ। शुक्रबार राति भएको उनको निधनबारे उनका भाईले फेसवुक पोष्टमार्फत शनिबार बताएका हुन्।

‘मेरो परिवार, आफन्त र साथीहरुका लागि यो निकै अपत्यारिलो र दुःखद् झड्का हो कि मैले मेरो दाइ डेभ गोल्डबर्गलाई गुमाएको छु। सेरिल स्याण्डबर्गको पति, दुई सुन्दर नानिहरुका पिता र पाउला गाल्डबर्गका छोरा गएराती हामीबाट निकै टाढा भएका छन्।’ रोबर्ट गोल्डबर्गले फेसबुकमा लेखेका छन्।

४७ वर्षीय गोल्डबर्गले संगठनहरुो सर्भेको सयोग गर्ने सर्भे मङकी भन्ने संस्थामा २००९ मा प्रवेश गरेका थिए। उक्त संस्थाको मूल्याङ्कन २ विलियन डलर छ। परिवारले उनको मृत्युका कारण खुलाएको छैन।

प्रकाशित: २० वैशाख २०७२ ००:५८ आइतबार