प्रविधि

लेनेभो ए ७०० कस्तो छ?

काठमाडौं— लेनेभो नयाँ स्मार्टफोन चिनिया कम्पनी लेनेभोले पहिलोपटक गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमको स्मार्टफोन बजारमा ल्याएको छ। बलियो साउन्ड सिस्टम राखिएको ए ७००० मोडलको उक्त स्मार्टफोन कम्पनीले यसअघि बार्सिलोनामा अमेरिकी डलर १६९ मा यसको लन्च गरेको थियो।

 

भारतमा भने यसको मूल्य ८ हजार ९ सय ९९ सय कायम गरिएको छ। ५.५ इन्चको एचडी डिस्पले रहेको यो स्मार्टफोनमा अल्ट्रा वाइड भ्यु एगंल पनि राखिएको छ।

७.९ मिलिमिटर पातलो रहेको यसको तौल १ सय ४०ग्राममात्र छ। कालो र पर्ल ह्वाइटमा उपलब्ध यसमा ८ मेगापिक्सलको अटोफोकस क्यामेरा जडान गरिएको छ। अगाडिको क्यामेरा भने ५ मेगापिक्सलको छ। ३२ जिबी मेमोरी हाल्न मिल्ने यो स्मार्टफोनमा ८ जिबी मेमोरी राखिएको छ। यसमा २९०० ब्याट्री समावेश छ।

१.५ गिगाहर्जको ओक्टो कोर प्रोसेसरमा रहेको यो स्मार्टफोनमा २ जिबीको र्याम छ। फोर जी सपोर्ट गर्ने यो स्मार्टफोनमा दुइटा सिम राख्न मिल्छ। कम्पनीले यसअघि ल्याएको ए ६००० मोडल तीन लाख बिक्री भएको दाबी गरेको छ।

प्रकाशित: २४ चैत्र २०७१ ०७:१६ मंगलबार