अब 'अल इन्बक्सेस' खोलेपछि प्राइमरी, सोसल, प्रमोसन र अपडेट क्याटेगोरी एकै पटक देखिन्छ।
गुगलले एन्ड्रोएड फोनका लागि उपयोगी मानिएको यो फिचर सुरु गर्न लामो समय लगायो। आइओएसले भने एप्पल मोबाइल प्रयोगकर्तालाई यो फिचर डिफल्टमै राखिदिएको थियो।
यो कसरी पहिलेकोभन्दा राम्रो भन्ने गुगलले खुलाएको छैन। प्रयोग गर्दा इनबक्समा आएको म्यासेज कन्टेनको साइजले अटो कम्लिट छिटो वा ढिलो हुने जनाउनेछ।
अप्डेटेड एप्पको अर्को फिचरमा अन्य म्यासेन्जर वा अकाउन्टबाट आएका म्यासेजलाई पनि सहजै हेर्न मिल्छ। यसबाट जिमेल एन्ड्रोइडबाहेक याहु, आउटलुक लगायतका अकाउन्टहरुमा पनि कुराकानी गर्न सकिन्छ।
नयाँ फिचरमा एकै ट्यावमा धेरै फाइल एट्याच गर्न मिल्छ।
प्रकाशित: १९ चैत्र २०७१ ००:५० बिहीबार