प्रविधि

भाँडा माझ्ने र चिया पकाउने रोबट (भिडियो सहित)

नयाँ दिल्ली—भारतले पहिलो ह्‌युमनाइड रोबट तयार पारेको छ। मान्छेको जस्तो अनुहार भएको मानव ६० सेन्टिमिटर लामो र २ केजी गह्रौं छ। यसलाई थ्री डी प्रिन्टरको सहयोगमा निर्माण गरिएको हो। यसका कलपूर्जाहरु फ्याक्ट्रीबाट ल्याएर जोडिएका हैनन् बरु कम्प्युटरमा फिड गरेर डिजाइनपूर्वक तयार पारिएका हुन्।

 

मानव नामको यो रोबटलाई दिल्ली निवासी दिवाकरले बनाएका हुन्। उनी रोबोटिक्स क्षेत्रमा १० वर्षदेखि अनुसन्धानरत छन्। मानवले मान्छेले गर्नसक्ने सबै काम गर्न सक्ने दाबी उनको छ। अहिलेलाई दिवाकरको मानव नृत्यु गर्न सक्छ। मानवमा दिवाकरले गीतमा नृत्य गर्ने प्रोग्राम फिड गर्दिएका छन्।



'यदि तपाइँ एउटा रोबटलाई नचाउन सक्नुहुन्छ भने तपाइँले उसलाई सबै काम गराउन सक्नुहुन्छ', दिवाकर भन्छन्, 'मानवमा मैले आर्टिफिसियल इन्टेलिजेन्स इन्स्टल गरेको छु जुन निकै ठूलो कुरा हो।'

उनी छिटै मानवलाई बजारमा ल्याउने तयारीमा छन्। यसको मूल्य डेढदेखि २ लाख रुपैयाँ भारुसम्म हुनसक्नेछ। मानवलाई घरेलु कामदार बनाउने प्रयास दिवाकरको छ। 'सरसफाइ गर्ने भ्याकुम क्लिनरदेखि उड्ने ड्रोन पनि रोबर्ट नै हुन्', उनी भन्छन्, 'मानवलाई घरेलु कामदारको रुपमा विकास गर्न केही समय लाग्छ।' त्यसपछि यसले भाँडा माझ्ने र चिया पकाउने काम गर्न सक्छ।

भिडियो

प्रकाशित: ११ चैत्र २०७१ ०१:५७ बुधबार