माइक्रोसफ्टले पहिलोपटक यो अपरेटिङ सिस्टम विन्डोज प्रयोगकर्ताका लागि निशुल्क प्रदान गर्नेछ। यसअघि माइक्रोसफ्टले हरेक नयाँ भर्सनको शुल्क लिँदै आएको थियो। विन्डोज प्रयोगकर्ताले अब बिना पैसा विन्डोज १० अपग्रेड गर्न सक्नेछन्।
विन्डोज १० एकैपटक १ सय ९० देशमा १ सय ११ भाषामा उपलब्ध हुनेछ। जबकि संसारमा १ अर्ब ५० करोडले विन्डोज प्रयोग गर्छन्। माइक्रोसफ्टले उक्त समिटमै एउटा नयाँ फिचर 'विन्डोज हेलो'समेत लन्च गरेको छ। यसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो आँखा, अनुहार वा औंठा छापले आफ्नो डिभाइसलाई अनलक गर्न सक्नेछन्।
माइक्रोसफ्टको एप स्टोर स्मार्टफोनका प्रयोगकर्तामा सिमित नराखेर डेकस्टप चलाउनेहरुका लागि पनि खुला गरिएको छ।
प्रकाशित: ९ चैत्र २०७१ २३:५९ सोमबार