नयाँ प्रविधि जडानका लागि अर्को सातादेखि यो वेबसाइट बन्द पनि हुनसक्ने बताइएको छ। वेबसाइटले भनेको छ, ‘उपभोक्तालाई राम्रो फेसबुक विज्ञापन दिन हामी प्रयत्नरत छौँ।'
त्यस्तै, अर्को समाजिक सञ्जाल ट्वीटरले भिडियो स्ट्रिमिङ एप ‘पेरिस्कोप' किनेको छ। ट्वीटर प्रयोगकर्तालाई लाइभ भिडियो सेयरिङ गर्न सजिलो होस् भनेर पेरिस्कोप खरिद गरेको बताइएको छ। पेरिस्कोपको परीक्षण भइरहेकाले प्रयोगकर्ताले अहिले नै यसको प्रयोग गर्न पाउने छैनन्। यसका निम्ति कम्पनीको निम्तो आवश्यक हुन्छ।
‘पेरिस्कोपलाई ट्वीटर टिममा स्वागत गर्न पाउँदा उत्साहित भएका छौँ,' ट्वीटरका उपाध्यक्ष केभिल विलले भने, ‘नयाँ फिचर हेर्नका निम्ति अब पर्खिनु मुश्किल भइरहेको छ।' ट्वीटरले पनि खरिद मूल्यबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन। तर, सञ्चारमाध्यमले पाँचदेखि १० करोड डलरसम्म खर्चिएको हुनसक्ने अनुमान गरेको छ।
प्रकाशित: ५ चैत्र २०७१ ०१:४५ बिहीबार