दाङ-दाङको मोबाइल फोन सेवा बिहीबारदेखि अवरुद्ध बनेको छ। बाँकेको नेपालगन्ज कोहलपुर सडक खण्डमा अप्टिकल काटिएका कारण मोबाइल सेवा अवरुद्ध बनेको हो।सडक विस्तारका क्रममा अप्टिकल तार काटीएका कारण फोनमा समस्या आएको नेपाल टेलिकम घोराही शाखाले जनाएको छ। अहिले अप्टिकल मर्मतको काम भैरहेको टेलिकमले जनाएको छ।
सडक विस्तारका क्रममा खानेपानी पाइप समेत काटिएकाले सबै काम एकैसाथ गर्दा काममा ढिलाइ भएको भन्दै टेलिकमले फोन सेवा नियमीत हुने समय निश्चित भैनसकेको जनाएको छ। टेलिकमले सम्भवतः आज सम्ममा टेलिफोन सेवा चालु हुने जनाएको छ।
प्रकाशित: ९ आश्विन २०७१ २३:४४ बिहीबार