प्रविधि

फेसबुकले गर्यो गोप्य सन्देश सेवाको परिक्षण

एजेन्सी–फेसबुकमा अब व्यक्तिगत सन्देश लुकाउन मिल्ने भएको छ। उसले मेसेन्जर एपको प्रयोग गरी गोप्य सन्देश सोवाको परिक्षण गरेपछि व्यक्तिगत सन्देश लुकाउन मिल्ने भएको हो।

फेसबुकले गठन गरेको एक विज्ञ टोलीले त्यस्ता व्यक्तिगत सन्देश प्रयोगकर्ताले चाहेको समयमा लुकाउन सक्ने बनाएको हो। हाललाई उक्त गोप्य सन्देश सेवा निश्चित समयका लागि परिक्षणका रुपमा रहेको पनि फेसबुले जनाएको छ ।

सन्देश पठाउँदा प्रयोगकर्ताले एउटा डिभाइस छान्नु पर्ने हुन्छ। म्यासेन्जरबाट पठाइएका सन्देशहरु स्वतः डिभाइसमा स्टोर हुन्छ।
हाललाई फेसबुकले आर्थिक र स्वास्थ्य सम्बन्धी सन्देशलाई गोप्य सन्देशको रुपमा लिएको जनाएको छ। प्रेम सम्बन्धलाई पनि गोप्य सन्देशका रपमा लिन सकिने बताएको छ। उसले आउँदो समरसम्ममा उक्त सेवा विस्तृत रुपमा सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने पनि जनाएको छ ।तर उक्त गोप्य सन्देशमा भिडियो भने सेयर गर्न मिल्ने छैन।

उक्त सेवामा कसैले अपशब्द तथा गालीगलौज गरी सन्देश पठाएमा उक्त सन्देशलाई रिर्पोट गर्ने फिचर पनि रहेको छ।
साइबर सेक्यिुरिटी विज्ञ तथा सर्भे विश्वविद्यालयका प्रोफेसर अलान उडल्याण्डले उक्त सेवा ओपन विस्पर स्टिममा आधारित रहेको र यसले सिग्नल पोर्टोकलको प्रयोग गर्ने बताए। तर उनले यस सेवामा केही प्रविधिक गडबढी आएमा यस्को प्रभाव धेरै हुने बताए।

 

प्रकाशित: २५ असार २०७३ ०७:३६ शनिबार

फेसबुकले गर्यो गोप्य सन्देश सेवाको परिक्षण