प्रविधि

२ सय ५१ रुपैयाँमा स्मार्टफोन!

नयाँ दिल्ली- बुधबार भारतमा विश्वको सबै भन्दा कम मुल्यको स्मार्टफोन सार्वजनिक भयो। 'फ्रिडम २५१' नाम दिइएको यो फोनको मुल्य जम्मा २५१ भारतीय रुपैंयाँ रहेको छ।


तर यस फोनको फिचर्सको मुल्य १५ गुण महंगो छ। फोन बिक्रीको लागि अनलाइनमा एडभान्स सहित बुकिङ खुल्ला गरिएको थियो। कम्पनीको अनलाइन भिजिट गर्नेको अधिक संख्याका कारण वेभसाइट क्रास भएको थियो। ग्राहकले जुन सम्म फोन पाउने कम्पनीले जनाएको छ।

मोदी सरकारको महत्वकांक्षी 'मेक इन इन्डिया' योजना अनुसार फोन भारतमा नै बनाइने कम्पनीका संस्थापक मोहिल गिलले जनाए। फ्रिडम २५१ को भाजपा वरिष्ठ नेता मुरली मनोहर जोशीले लन्च गरेका थिए।

मीडियालाई देखाइएको प्रोटोटाइप चीनमा बनेको फोनको थियो। चार इन्चको डिस्प्ले भएको एन्ड्रोइड फोन एप्पलको आइफोन ४ जस्तै देखिएको थियो। जसको होम बटन र आइकन आइफोनसँगै मिल्दाजुल्दा थिए।

कम्पनीलाई सरकारले सब्सिडी दिएको हुन सक्ने अनुमान गरिए पनि कम्पनीले त्यसलाई खारेज गरेको छ। उसले भनेको छ, 'ठूलो परिणाममा गरिने उत्पादनले कम मुल्यलाई बरावर गरिदिन्छ।' तर विशेषज्ञहरु उसको भनाइप्रती सहमत छैनन्।

फोनको सामानको लागतनै कम्पनीले तोकेको मुल्यको आठ गुणा भन्दा बढिरहेको भारत सरकारको सस्तो ट्यावलेट आकाश आपूर्ती गर्ने कम्पनी डाटाविंडका सीइओ सुनीत सिंह तुली बताउँछन्।

उनी भन्छन्, 'मेमोरी कार्ड जस्तो सामानको मुल्य अन्तराष्ट्रिय बजारमा २५१ रुपैंयाँ भन्दा बढी छ। यसकारण धेरै मात्रामा गरिने उत्पादनले पनि यो मुल्य थेग्दैन।'

प्रकाशित: ७ फाल्गुन २०७२ ०३:११ शुक्रबार