प्रविधि

आइफोनको क्यामेरा उत्कृष्ट बनाउन ८०० इन्जिनियर नियुक्त

डिजाइन आइकोनको रुपमा ख्याती कमाएको एप्पलले आफ्नो क्यामेराको गुणस्तर सुधार गर्नका लागि ८०० इन्जिनियर नियुक्त गरेको छ। क्यामेरा आइफोनको सबैभन्दा बढी प्रयोग हुने फिचर हो।एप्पल सिइओ टिम कुकले 'इन्टरभ्यु विथ ६० मिनेट' कार्यक्रममा अन्तर्वार्ता दिँदै आइफोन क्यामरालाई अझ उत्कृष्ट बनाउन ८०० इन्जिनियर नियुक्त गरेको बताएका हुन्।

क्यामरा स्मार्टफोनको सानो हिस्सा भएपनि यो २०० वटा भन्दा बढी 'कम्पोनेन्ट' मिलेर बन्ने गरेको छ। आइफोनको क्यामेराबाट फोटो क्याप्चर गर्न २ अर्ब ४० करोडभन्दा बढी प्रक्रिया पूरा हुनेगर्छन्।

प्रकाशित: ६ पुस २०७२ ०५:४५ सोमबार