खेल

तेस्रो ताप्लेजुङ गोल्डकप : पुरस्कार राशि बढ्यो, ६४ लाखको आयव्यय अनुमान

साउन २४ गतेदेखि ताप्लेजुङमा सञ्चालन हुने तेस्रो ताप्लेजुङ गोल्डकपका विजेता र उपविजेताले पाउने पुरस्कार राशिमा वृद्धि गरिने भएको छ।

आयोजक लाखेजात्रा सञ्चालन समितिले यस वर्षको गोल्डकपको पुरस्कार राशिमा वृद्धि गर्ने निर्णय गरेको छ। लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार विजेतालाई ७ लाख र उपविजेतालाई ३ लाख ५० हजार रुपैयाँ पुरस्कार रकम दिनेगरी आयोजक समितिले निर्णय गरेको छ।

दोस्रो ताप्लेजुङ गोल्डकपका विजेताले ५ लाख तथा उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाएका थिए। साउन २४ देखि ३१ गतेसम्म फुङलिङस्थित भानुजन माविको खेलमैदानमा हुने तेस्रो ताप्लेजुङ गोल्डकपका विधागत पुरस्कार पनि राखिने छ।

आयोजक समितिले करिब ६४ लाख रुपैयाँ बराबरको आयव्यय विवरणको अनुमान लगाएको छ।

प्रकाशित: ३२ असार २०८२ ११:४२ बुधबार

#NagarikNews #NepaliNews