रेडस्टार फुटबल क्लब झापा अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा सेमीफाइनल पुग्ने दोस्रो टोली बनेको छ ।
गण्डकी पोखराको परिचित टिम सहारा क्लबलाई २–० ले हराउँदै रेडस्टारले सेमीफाइनलमा स्थान बनायो । रेडस्टारले दुवै गोल मध्यान्तरपछि गर्यो । झापाका लागि सविनकुमार लुङ्गेली मगरले खेलको ७७ औं मिनेटमा पहिलो गोल गरी टिमलाई १–० को अग्रतामा पुर्याए ।
इन्जुरी समयमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरी सविनले आफ्नो टिमको अग्रता दोब्बर पारेपछि साहराले पहिलो खेलबाटै भानुजन माविको खेलमैदान छाड्नुपर्यो ।
यसअघि शनिबार उद्घाटन खेलमा आयोजकको प्रतिनिधित्व गरेको तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ ले हराउँदै द योङ ब्रदर फुटबल क्लब इटहरी सेमीफाइनल पुगिसकेको छ । सोमबार भारतको लेजण्ड फुटबल एकेडेमी सिलगुढी र बागमतीको चर्च ब्वाइज फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित: २५ श्रावण २०८२ २०:१५ आइतबार