तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपबाट ५ लाख लाख रुपैयाँभन्दा बढी रकम बचत गरेको छ । बिहीबार समितिले तेस्रो ताप्लेजुङ गोल्डकपको आयव्यय विवरण प्रस्तुत गर्दै ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ रकम बचत भएको जनाएको छ ।
लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगितामा ९१ लाख ४८ हजार २ सय ७६ रुपैयाँ रकम सङ्कलन भएको थियो । विभिन्न ब्यक्ति तथा संघ सस्थाबाट संकलन भएको उक्त रकम मध्ये ८७ लाख ९ सय ४९ रुपैयाँ खर्च भएको शेर्पाले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
९ स्थानीय तह रहेको ताप्लेजुङका ६ वटा पालिकासङ्ग भएको सम्झौता बमोजिमको रकम प्राप्त हुन बाँकी रहेको अध्यक्ष सागर मादेनले बताए । मादेनका अनुसार पाथीभरा याङ्वरक, फक्ताङ्लुङ,सिरिजङ्घा,आठराई त्रिबेणी,मेरिङ्देन र मैवाखोला गाउँपालिकाबाट रकम प्राप्त हुन बाँकी छ । सम्झौता भईसकेको र रकम निकासाको क्रममा रहेको समेत मादेनले जानकारी दिए ।
लाखेजात्राको अवसरमा गत साउन २४ गतेदेखि ३१ गते सम्म फुङलिङस्थत भानुजन माविको खेलमैदानमा अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप भएको थियो ।
समितिले टिकट बिक्रीबाट २० लाख रुपैयाँ आम्दानी गरेको छ । पहिलो पटक समितिले टिकट बिक्रीका लागि ठेक्का बोलपत्रमार्फत बढाबढमा २० लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
भारतको एकसहित ८ वटा टोली सहभागी भएको गोल्डकपको उपाधी सलहेस युबा क्लबले हात पारेको थियो । चर्च ब्वाइज फुटबल क्लब उपबिजेता भएको थियो ।
बिजेता सलहेसले नगद ५ लाख २ हजार ८२ रुपैयाँ र उपबिजेता चर्च ब्वाइजले ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । बिधागततर्फ समेत पुरस्कार बितरण गरिएको थियो । खेल खेल्न आउने टिमको यातायात खर्च,खाना खर्चसहितको खर्च आयोजक आफैंले गरेको थियो ।
प्रकाशित: १७ पुस २०८२ १८:०५ बिहीबार