पोखरामा माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताको २२ औं श्रृंखला यहि पुस ११ गते शुक्रबारदेखि हुने भएको हो। पुस २२ गतेसम्म हुने प्रतियोगितामा तीन देशका एक सय बढी टेनिस खेलाडीको सहभागिता रहने आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।
प्रतियोगितामा महिला तथा पुरुषको एकल र युगल दुवैतर्फ ३५ वर्षमाथि, ४५ माथि, ५५ वर्षमाथि र ६५ वर्ष माथि गरी विभिन्न १२ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नविन चालिसेले जानकारी दिए। उनका अनुसार खुल्लातर्फ महिला तथा पुरुष एकलतर्फको विजेताले नगद ८० हजार, उप–विजेताले नगद ४० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद २०/२० हजारसहित मेडल प्राप्त गर्ने उनले बताए।
पुरुष तथा महिला युगलतर्फ विजेताले नगद ३० हजार, उप–विजेताले नगद १५ हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०/१० हजारसहित मेडल प्राप्त गर्ने उनले जानकारी दिए। त्यस्तै, ३५ वर्षमाथिको एकलतर्फको विजेताले नगद ६० हजार, उप–विजेताले ३० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १५/१५ हजारसहित मेडल प्राप्त गर्ने छन्। यसैगरी, ३५ वर्षमाथिको युगलतर्फको विजेताले नगद २० हजार र उप–विजेताले नगद १०/१० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०/१० हजारसहित मेडल प्राप्त गर्ने उनले जानकारी दिए।
४५ वर्षमाथिको एकलतर्फको विजेताले नगद ४० हजार र उप–विजेताले २० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०/१० हजारसहित मेडल प्राप्त गर्ने जनाइएको छ। ४५ वर्षमाथिको युगलतर्फको विजेताले नगद २० हजार र उप–विजेताले १० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०/१० हजारसहित मेडल प्राप्त गर्ने उनले बताए।
त्यस्तै, ५५ वर्षमाथिको एकलतर्फको विजेताले नगद ३० हजार र उपविजेताले १५ हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०/१० हजारसहित मेडल प्राप्त गर्ने जनाइएको छ। ५५ वर्षमाथि युगलतर्फको विजेताले नगद २० हजार र उप–विजेताले नगद १० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०/१० हजारसहित मेडल प्राप्त गर्ने उनले जानकारी दिए।
६५ वर्षमाथि एकलतर्फको विजेताले नगद १५ हजार र उप–विजेताले ७ हजार ५ सयसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद २५/२५ सयसहित मेडल प्राप्त गर्नेछन् भने ६५ वर्षमाथि युगलतर्फको विजेताले नगद १० हजार र उप–विजेताले ५ हजारसहित ट्रफी प्राप्त गर्ने जनाइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजकुमार गुरुङले नियमित प्रतियोगिताले कास्कीको टेनिस खेलको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, ‘प्रतियोगिताले टेनिस खेललाई व्यावसायीक बनाएको छ, खेलाडीले एक्सपोजर पनि पाएको छ।’
सचिव भिष्मराज पौडेलले टेनिसको विकास र प्रवर्द्धनमा प्रतियोगिता कोशेढुंगा सावित हुँदै आएको बताए।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले प्रतियोगिता सफल बनाउन मिडियाले सघाउने प्रतिबद्धता जनाए।
प्रकाशित: ९ पुस २०८२ १६:३३ बुधबार