खेल

मानाभरा गोल्डकप पुस १५ देखि

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिममा पुस १५ गतेदेखि १९ गतेसम्म प्रथम मानाभरा आमन्त्रित क्लव स्तरीय गोल्डकप सञ्चालन हुने भएको छ ।  

फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमको आहालेटारमा प्रथम मानाभरा आमन्त्रित क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष समेत रहेका आयोजक मानाभरा युथ स्पोर्टिङ क्लवका संरक्षक रवीन साम्रा(विकास)ले जानकारी दिए ।  

उनका अनुसार प्रतियोगिताका बिजेताले नगद ३ लाख २ हजार ८२ र उपबिजेताले १ लाख ५२ हजार ८२ रुपैयाँ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा ८ टिमको सहभागिता रहने भएको छ ।  

ताप्लेजुङमा ७ र जिल्ला बाहिरको एक क्लव खेलमा सहभागी तय भएको समेत साम्राले जानकारी दिए । प्रतियोगितामा बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ । म्यान अफ द म्याच हुनेले नगद २ हजार ५ सय रुपैयाँका साथ प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट गोलरक्षक,सर्वाधिक गोलकर्ता,उत्कृष्ट डिफेण्डर र सर्बोकृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको उनले बताए । 

प्रकाशित: ३ पुस २०८२ १६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App