त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न खेल निकै रोचक बन्न पुग्यो।
नेपाल प्रिमियर लिग (एनपीएल)को जारी दोस्रो संस्रणमा अपराजित रहँदै आएको सुदूरपश्चिम रोयल्सले आफनो अपराजित यात्रामा ब्रेक लगाएको छ।
लिग चरणको आफनो अन्तिम खेलमा विराटनगर किंग्ससँग पराजित हुँदै सुदूरले आफ्नो अपराजित यात्रामा ब्रेक लगाएको हो।
यस सिजनमा निकै बलियो रुपमा प्रस्तुत भइरहेको सुदूरपश्चिममाथि ६ विकेटको शानदार जित निकाल्दै विराटनगरले सुदूरको शानलाई रोकेको हो। विराटनगरले आज आफूलाई बलियो प्रस्तुत गरेको हो।
सुदूरको अपराजित यात्रामा ब्रेक
जारी सिजनमा त्रिवि क्रिकेट मैदानमा तूफान मच्चाइरहेको टोली थियो, सुदूरपशिचम रोयल्स।
लिग चरण अन्तर्गत ७ खेलमा सुदूरले ६ खेल जित्दै जारी एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो। तर, लिग चरणकको आफ्नो अन्तिम खेलमा विराटनगर किंग्ससँग मात्र सुदूर स्तब्ध बन्न पुग्यो।
टस हारेर विराटनगरविरुद्ध पहिला ब्याटिङ गरेको सुदूरले आज जसो-तसो गरी स्कोरबोर्डमा १४७ रन बनायो। खेलको सुरुआतीदेखि नै विराटनगरले सुदूरलाई दबाबमा राखेको थियो। जसमा सुदूरकोअघि विराटनगरको बलरहरु हावी भए।
त्यसपछि जवाफि ब्याटिङमा उत्रिएको विराटनगरले सुदूरलाई सहज रुपमा लिएर रोमान्चक जित हात पार्यो । शनिबार सम्पन्न खेलपछि पत्रकारसँग बोल्दै सुदूरपश्चिमका आरिफ शेख सम्रगमा खेल राम्रो भएको बताउँछन्।
‘आज सम्रगमा खेल राम्रै भयो, आजको खेलमा हामीले नयाँ खेलाडीहरुलाई मौका दिएका थियौँ, त्यो, अनुसार अब आउने खेलहरुको लागि राम्रो हुन्छ’ उनले सुनाए।
सुदूर लिग चरणमा सबै खेल जित्दै प्लेअफ खेल्न चाहन्थ्थो, लिग चरणमा शतप्रतिश जित निकाल्दै प्लेअफमा आफूलाई बलियो प्रस्तुत गर्ने सुदूरको लक्ष्य थियो।
सुदूरको त्यो लक्ष्यमा आज धक्का लाग्यो। जारी एनपीएलको सुरुआति खेलदेखि नै चम्किरहेको सुदूर यसपटकट ट्रफि जसरी उचाल्न चाहान्छ।
प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको सुदूरले पूरानो घाउललाई बिर्सन चाहन्छ। एनपीएल सिजन-१ मा उपाधि जित्न एक कदमबाट मात्र चुकेको थियो सुदूरपश्चिम रोयल्स।
सुदूर पश्चिमले यस सिजनको एनपीएलको चौथो दिनमा आफनो पहिलो खेल राजधानी टोलीसँग खेलेको थियो। काठमाडौंले भने आफनो पहिलो खेलमा नै साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेर बलियो बनेको थियो ।
यो अवस्थामा सुदूरले आफनो पहिलो खेलमा नै काठकाडौंलाई २९ रनले हराउँदै विजयी यात्रा सुरु गरेको थियो ।
सुदुरले आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्यो तेस्रो खेलमा आफनो छिमेकी कर्णाली याक्सको सामना गरेको सुदूरले कर्णालीमाथि ४५ रनको फराकिलो जित हात पार्यो।
यसरी नै सुदूरले यो सिजनमा पनि आफू बलियो छु भने प्रमाणित गर्यो । ‘हामीले खेललाई प्रेसरको रुपमा लिएका छैनौँ हाम्रो टोलीमा नेपाली खेलाडीहरु राम्रो प्रदर्शन गरिरहनु भएको छ, यसले गर्दा सजिलो भइरहेको छ’ आरिफ भन्छन्, ‘हामीलाई विदेशी खेलाडीमागि डिपेन हुन परेको छैन।’
बलियो बन्दै विराटनगर
जारी एनपीएलको उपाधिको दाबेदारीको रुपमा लिएको एक टोली पनि विराटनगर किंग्स हो ।
विराटनगरले त्यो कुरा शनिबारको खेलमा पूरा गर्यो । अपराजित रहेको सुदूरलाई रोक्दै विराटनगरले आफूलाई बलियो प्रस्तुत गर्यो।
सुदूरले दिएको १४८ रनको लक्ष्य विराटनगरले ४ विकेट गुमाएर पूरा गर्यो। प्लेअफमा स्थान बनाइसके पनि विराटनगर शीर्ष २ मा रहँदै एनपीएलको क्वालिफायर -१ खेल्ने चाहन्थ्थो।
उसले चाहे जस्तै शनिबार त्रिवि मैदनमा सूदरुलाई हराउँदै जारी एनपीएलको शीर्ष- २ मा पर्न सफल रहयो। ‘आजको खेल जित्न निकै महत्वपूर्ण थियो, हामी प्लेअफमा पुगिसेका थियौँ’, विराटनगरका मार्की तथा कप्तान सन्दीप लामिछानेले भने, ‘टप- २ मा पुग्ने लक्ष्य लिएर ने मैदान उत्रिएका थियौँ । जति लक्ष्य पाएपनि पूरा गर्ने अडानमा हामी थियौँ।’
यस सिजनको एनपीएलमा जादूमय प्रदर्शन गरिरहेको विराटनगर ७ खेल खेल्दा ५ मा विजय र दुई मा हार व्योरेदौ आफनो लिग चरणको खेललाई समाप्त गरेको छ। गत संस्करणमा खराब प्रदर्शन गरेको विराटनगरले यस पटक आफ्नो पहिलो खेलदेखि नै बलियो प्रस्तुती दिदैँ आइरहेको छ।
सुदूरपश्चिम रोयल्सको टोलीलाई तारिफ गर्दै सन्दीपले सुदूरले एकदम राम्रो क्रिकेट खेलिरहेको बताए। जारी एनपीएलमा विराटनगरले आफ्नो पहिलो खेलमा नै पोखरा एभेन्सर्जमाथि ५३ रनको फरासिकलो जित हात पारेको थियो।
यसै खेलमा एनपीएलको इतिहासभरि विराटनगर सबैभन्दा बढी रन बनाउने टोली समेत बनेको थियो।
लगातार तीन खेल जितिरहेको विराटनगर आफ्नो चौथो खेलमा मात्र आएर चितवन राइनोजसँग पराजित भएको थियो। तीन खेल सकिँदासम्म विराटनगरले आफूलाई यस संस्करणमा बलियो प्रमाणित गरिसकेको थियो। गतवर्ष गुमनाम विराटनगरले यस बेला त्रिवि क्रिकेट मैदानमा उज्यालो रुपमा बलिरहेको छ।
जारी एनपीएलमा काठमाडौं गुर्खाज शीर्ष -२ मा थियो । दुवै टोली ५ जितसहित समान अंकमा थिए तर आजको उत्कृष्ट प्रदर्शनले गर्दा नेटरनरेटमा विराटनगरअघि रहदै शीर्ष दुईमा परेको हो।
सुदूर र विराटनगरको पुन: भेट
सुदूरपश्चिममाथि रोमान्चक जित हात पारेर विराटनगरले किंग्सले पुन: एकपटक सुदूरसँगको भेट पक्का गरेको छ।
शीर्ष दुईमा रहँदै यी दुई टोलीले एनपीएलको क्वालिफायर- १ खेल्न लागेका हुन्। फेरि दुवै टोली भिड्ने हुँदा अबको खेलमा बलियो बनेर आउने सुदूरका आरिफले सुनाए।
‘हामीले आज टोलीमा परिवर्तन गरेका थियौँ, हामी फेरि विराटनगरसँग खेल्देछौँ उनीहरुविरुद्ध खेल्न राम्रो अभ्यास गरेरे आउछौँ’, आरिफ भन्छन्, ‘उनीहरुविरुद्ध हामी राम्रो भएर आउनेछौँ।’
एनपीएलको इतिहासमा विराटनगर पहिलो पटक प्लेअफमा पुगेको हो। पहिलो पटक प्लेअफमा पुगेको विराटनगरले पहिलो क्वालियफायर नै खेल्दै छ। यता, सुदूरपश्चिम भने पहिलो संस्करणमा कुनै पनि खेल नहार्दा फाइनलमा मात्र पराजित भएको थियो।
विराटनगरका कप्तान सन्दीपले सुदूरको टोलीलाई हल्का रुपमा नलिएको बताएर। ‘हाम्रो भेटफेरि एकपटक हुँदैछ, सुदूरपश्चिमको टोली एकदमै राम्रो छ, उहाँहरुलाई हामीले हल्का रुपमा लिएका छैनौँ’ सन्दीपले सुनाए।
जारी एनपीएलमा सुदूरपश्चिम बाहेक बाँकी तीन टोली पहिलो पटक प्लेअफमा पुगेका हुन् । जहाँ अब काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सले एलिमेटर खेल्ने छ।
प्रकाशित: २० मंसिर २०८२ १८:०२ शनिबार



