खेल

महिलासँग रात बिताएको भन्दै खेलाडी फिर्ता

जाकार्ता – जापान ओलम्पिक कमिटीले सोमबार महिलासँग रात बिताएको भन्दै ४ बास्केटबल खेलाडीलाई स्वदेश फर्काएको बताएको छ।

जापानी टोलीका सेभ दी मिसन योसुहिरो यामासिताले रातको खाना आएपछि ४ जना बास्केटबल खेलाडी जाकार्ताको एक होटलमा महिलासँग रात बिताउन गएकाले उनीहरूलाई तत्काल जापान फर्काइन लागिएको बताए।

स्वदेश फर्कने ४ खेलाडीमा  ताकायुवा हासिमोतो, केइता इमामुरा, योया नागायोसी र ताकुमा सातो रहेका छन् । जापानिज ओलम्पिक कमिटीले स्वदेश फर्काइने ४ खेलाडीले आफ्नो हवाई खर्च आफैं व्यहोर्न पर्ने उल्लेख गरेको छ ।

‘मैले उक्त घटनापछि खेलाडीहरूसँग भेटघाट गरें । उनीहरूले आफ्नो व्यवहारप्रति पश्चात्ताप भएको बताएका छन्,’ यामासिताले भने, ‘म जापनिज टोलीको सेभ दी मिसन भएकाले यस घटनाप्रति सबै जनासँग क्षमा माग्न चाहन्छु।’

सोमबार कतारमाथि ८२–७१ को स्कोरमा जित हात पारेपछि यो घटना भएको थियो । इन्डोनेसियाको एक दैनिकले होटलबाट बाहिरिँदै गरेका जापानिज खेलाडीको तस्बिर प्रकाशित गरेपछि यो घटना बाहिर आएको थियो।

प्रकाशित: ५ भाद्र २०७५ ०४:०७ मंगलबार

जापान बास्केटबल_खेलाडी महिला