आकाश दीपले पहिलोपल्ट टेस्ट क्रिकेटमा १० विकेट लिएपछि भारतले शनिबार इङ्ल्यान्डलाई तीन सय ३६ रनले हराउँदै शृंखला बराबरीमा ल्याएको छ।
एड्गबास्टनमा भएको दोस्रो टेस्टमा भारतले तीव्र गतिका बलर जसप्रीत बुमराहलाई आराम दिँदै आकाश दीपलाई खेलाएको थियो। २८ वर्षे दीपले ६÷९९ को प्रदर्शन गरेपछि ६ सय ८ रनको लक्ष्य पाएको इंग्ल्यान्ड पाँचौं दिनमा २७१ रनमा नै अलआउट भयो। दोस्रो टेस्टमा आकाश दीपले १०–१४७ को उत्कृष्ट प्रदर्शन गरे।
कुल आठ टेस्ट करियरमा उनको यो उत्कृष्ट प्रदर्शन हो। इङ्ल्यान्डका विकेटकिपर जेमी स्मिथले दोस्रो इनिङमा ८८ रन बनाए। पहिलो इनिङमा पनि उनले १४८ रनको शानदार प्रदर्शन गरेका थिए। यो जितसँगै भारतले एड्गबास्टनमा अहिलेसम्म खेलेको ९ टेस्टमा पहिलो सफलता पनि पाएको छ। यहाँ यसअघि सात हार र एक ड्र भएको थियो।
दोस्रो टेस्टमा भारतीय कप्तान शुभमान गिलले उत्कृष्ट प्रदर्शन गरेका थिए। टेस्ट क्रिकेटको एकै खेलमा दुई सय ५० र एक सय ५० रनभन्दा बनाउने उनी पहिलो ब्याटर पनि बने। २५ वर्षे गिलले पहिलो इनिङमा दुई सय ६९ रन र दोस्रो इनिङमा एक सय ६१ रनको उत्कृष्ट इनिङ खेले।
कप्तानको रूपमा पहिलो दुई टेस्टमै उनले तीन शतक (हेडिङ्लीमा १४७ रन) पूरा गरे। तर, पहिलो टेस्टमा उनको शतकको बाबजुद भारतले पाँच विकेटले हार सामना गर्नुप¥यो। पाँचौं दिनको खेलमा इङ्ल्यान्डले बिहानको वर्षाले गर्दा ९० मिनेट ढिला सुरु गरेको थियो। इङ्ल्यान्डले ७२–३ को स्थितिबाट खेल सुरु गरेको हो।
प्रकाशित: २३ असार २०८२ ०८:२१ सोमबार