खेल

पोखरमा टाइगर कप भलिबल माघ १२ देखि

पोखरामा माघ दोस्रो सातादेखि टाइगर कप भलिबल प्रतियोगिता हुने भएको छ।

टाइगर ग्रुप पोखराको आयोजनामा पोखरा रंगशालामा यही माघ १२ गतेदेखि ।।।टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को पाचौं शृङ्खला हुने भएको हो । माघ १९ गतेसम्म हुने प्रतियोगितामा पुरुष तथा महिला दुबैतर्फ ६÷६ टिमले सहभागिता जनाउने सोमबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो ।
 

पाचौं संस्करणको टाइगर कपमा पुरुषतर्फ तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबसहित आयोजक गण्डकी प्रदेश भलिबल संघ, हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं र श्रीलङ्काको आर्मी भलिबल टिम सहभागी हुने टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।


 

 


 

त्यस्तै, महिलातर्फ तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबसँगै टिपटप न्यू–डायमण्ड स्पोर्टस क्लब, आयोजक टाइगर ग्रुप पोखरा र थाइल्यान्डको युनाइटेड प्यासन भलिबल क्लब सहभागी हुने उनले बताए ।


 

 


 

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेताले नगद ५ लाख ८५ हजार ५ सय ५५, उपविजेताले २ लाख ८५ हजार ५ सय ५५ र तेस्रो हुने टिमले १ लाख ८५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरूले जनही नगद २५÷२५ हजार र अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरूलाई १०÷१० हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष शर्माले जानकारी दिए ।


 

 


 

प्रतियोगितालाई भव्य बनाउने तयारी गरिएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले बताए । उनले प्रतियोगिताका लागि प्याराफिटपनि बिस्तार गरेर २ हजार क्षमताको बनाइने उल्लेख गरे । त्यसबाहेक प्रतियोगितालाई प्रविधिमैत्रीसमेत बनाइनेछ,उनले भने,।।।प्रतियोगिताका लागि आवश्यक सबै पूर्वाधार बनाएर यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास गरिएको छ ।’

प्रकाशित: ७ माघ २०८१ २०:३९ सोमबार