समाज

सेतो टाउके जलखन्जरी

‘सेतो टाउके जलखन्जरी’ निकै आकर्षक र सक्रिय चरा हो, जसको नामझैं यसको रूप पनि विशेष छ - टाउकोमा सेतो टोपीजस्तो देखिने चम्किलो सेतो भाग र बाक्लो कालो शरीर, साथमा पेटतिर झलमल्ले रातो रङ। यिनै कारणले यो चराले टाढैबाट ध्यान खिच्छ।

यो प्रायः तेज बगेका खोल्सा, नदी, झरना र ढुङ्गामय भिरछेउका क्षेत्रमा भेटिन्छ। सङ्लो र छाल उठ्ने पानीबाट निस्कने किराफट्याङ्ग्रा खोज्दै, ढुंगामाथि कुदेर नाच्दै खाने यसको बानीले पानीछेउको वातावरणलाई झनै जीवन्त बनाइदिन्छ।

तेज बग्ने नदीनाला, सिमसारबाट बग्ने पानी तथा चट्टानी किनार यो चराको मनपर्ने वासस्थान हो। पानीमा बग्ने किराफट्याङ्ग्रा टिपेर खाने भएकाले पनि यसलाई ‘जलखन्जरी’  भनिएको हो।

हिमाली क्षेत्रका नदी किनारमा चम्किलो सेतो टाउको र रातो-कालो मिसिएको यो चराले वातावरणमा रङ र चहलपहल थपिदिन्छ। प्रकृतिप्रेमी र चराप्रेमीहरूका लागि यो मनपर्ने चरा प्रजातिमध्ये एक हो।

प्रकाशित: ५ पुस २०८२ १३:०९ शनिबार