समाज

ऐँसेलुखर्कमा दुई खानेपानी योजना सञ्चालन

त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षरपछि गाउँपालिका अध्यक्ष, निर्देशक र उपभोक्ता । <br>

खोटाङको दुरदराज स्थानीयतह ऐसेलुखर्क गाउँपालिकामा २ वटा खानेपानी योजना एकै चोटी निर्माण हुने भएको छ । ऐँसेलुखर्क २ र ७ नं. वडामा ‘एक्सन फर नेपाल’ नामक गैरसरकारी सँस्थाको झण्डै १ करोड आर्थिक सहयोगमा योजना सञ्चालन हुन लागेको हो ।  

२ नं. वडा बाकाचोलमा लुबेरा–बादेल खानेपानी योजना तथा७ को माक्पास्थित रोलुखोला–नोरुङ खानेपानी योजना सञ्चालन गर्न लाग्ने लागतमध्ये एक्सन फर नेपालले ९३ लाख ५५ हजार १ सय ४५ रुपैँया सहयोग गर्ने टुङ्गो लागेको गाउँपालिकाले जनाएको छ ।

लुबेरा–बादेल योजनाका लागि १ करोड ३६ लाख ८४ हजार ७ सय ८५ को प्राविधिक इस्टीमेट भएको छ ।त्यसैगरि रोलुखोला–नोरुङ खानेपानी योजनाका लागि ४२ लाख ७२ हजार ९ सय ५८ रुपैँयाको लागत इस्टीमेट तयार भएको छ । योजना चालु आर्थिकवर्ष २०८२/०८३ भित्रै सम्पन्न हुनेगरी सञ्चालन गर्न लागिएको छ । योजना सञ्चालन गर्न एक्सन फर नेपाल, गाउँपालिका र उपभोक्ता समितिबीच त्रिपक्षीय सम्झौता शुक्रबार भएको गाउँपालिका अध्यक्ष गीरेन्द्रबहादुर राईले बताए ।  

त्रिपक्षीय सम्झौतापत्रमा अध्यक्ष राई र प्रमुख प्रशाकीय अधिकृत,  एक्सन फर नेपालका कार्यकारी प्रमुख लाक्पाछिरिङ शेर्पा र फाईनान्स कोअर्डिनेटर अजिला लिम्बु तथा उपभोक्ता समितिका तर्फबट सम्बन्धित वडाध्यक्षहरुले हस्ताक्षर गरेका छन् । सम्झौता  गाउँ मुकाम ऐसेलुखर्क बजारमा आयोजित उपभोक्ता भेलामा भएको हो । सम्झौतापत्रमायोजना छिटो निर्माण गर्न तीनैपक्ष आआफ्नो क्षेत्रबाट सक्दो लागी पर्ने तथा तोकिएकै मितिभित्रै सम्पन्न गरेर उपभोक्तालार्य स्व्चछ खानेपानी उपलब्ध गराउने प्रतिवद्धतासमेत जनाएका छन् ।

लुबेरा–बादेल योजनाका लागि गाउँपालिकाले ५० लाख ६० हजार १८ तथा उपभोक्ता समितिले१३ लाख ६८ हजार ४ सय ७८ बराबरको जनश्रमदान गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । यसैगरि रोलुखोला–नोरुङ योजनामा गाउँपालिकाले १६ लाख ३९ हजार ९ सय ८१ र  उपभोक्ताले ५ लाख ३४ हजार १ सय १९रुपैँया बराबरको जनश्रमदान गर्नुपर्ने सम्झौता भएको छ ।  

अध्यक्ष राईले खानेपानीको अभाव गाउँपालिकाका कसैलाई हुन नदिन आवश्यक बजेट विनियोजन गरेर अपुग स्रोतका लागि एक्सन फर नेपालसँग सहयोग लिने निर्णय गरेको बताए । सबैलाई स्वच्छ खानेपानी सबैलाई उपलब्ध गराउने सरकारको नीति अनुसार १ घर, १ धारा कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै अध्यक्ष राईले आफु निर्वाचित भएर आएपछि ५० प्रतिशत उपभोक्ताले खानेपानी पाईसकेको बताए ।  

सिङ्गो गाउँपालिकाभरी ३ हजार ३ सय ५५ घरधुरी उपभोक्ता रहेकोमा ५० प्रतिशतले खानेपानी पाईसकेको बताउँदै उनले अब बाँकी उपभोक्ताको घरमा पनिछिट्टै स्वच्छ खानेपाली उपलब्ध गराउनेगरी योजना अघि बढाइएको बताए । लुबेरा–बादेल योजनाले बाकाचोलका १ सय ८६ घरधुरी सर्वसाधारण, सार्वजनिकस्थल गरी २ सय ४ सबैलाई खानेपानी व्यवस्था गर्नेछ । त्यसैगरि रोलुखोला–नोरुङ योजनालेमाक्पाका ४६ घरधुरी उपभोक्तासहित सार्वजनिकस्थलहरुमा खानेपानी उपलब्ध हुने अध्यक्ष राईले बताएका छन् ।  

प्रकाशित: २६ मंसिर २०८२ २०:१९ शुक्रबार