समाज

यात्रुलाई ठक्कर दिएर भागेको ट्रक र चालक पक्राउ

सडकमा यात्रुको ज्यान जानेगरि ठक्कर दिएर फरार मालबाहक ट्रक र चालक पक्राउ परेका छन् । शुक्रबार मध्यराति कटारी नगरपालिका ५ खैरेनीका रेखबहादुर जोगीलाई ठक्कर दिएर भागेको ट्रक र चालक शनिबार साँझ पक्राउ परेका हुन् ।

घट्नालगत्तै फरार चालकको खोजविनका लागि घट्नास्थलको प्रकृति र कटारी बजारको सिसि टिभि फुटेजका आधारमा अनुसन्धान गरि चालक र ट्रकलाई नियन्त्रणमा लिएको इप्रका कटारीले जनाएको छ । इप्नका कटारी प्रमुख डिएसपी दिपक भारतीका हनुसार राति ११:१५ वजे कटारीबाट गाईघाटतर्फ गईरहेको ना ६ ख ३३३१ को ट्रकले खैरेनीका जोगीलाई ठक्कर दिदा गम्भीर घाईते भएका थिए ।  

घाईते जोगीलाई परिवारजनले तत्काल उद्धार गरि प्रादेशिक अस्पताल कटारी लगेकोमा उपचारको क्रममा शनिवार विहान निधन भएको थियो । जोगीको निधन भईसक्दा पनि ठककर दिने गाडी र चालक बेपत्ता रहेको भन्दै मृतकका आफन्तजनले प्रहरीसँग खोजविनका लागि आग्रह गरेका थिए ।

प्रहरीले १८ घण्टापछि ट्रक र चालक सुमित मगरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी प्रमुख डिएसपी लिपक भारतीले बताए । २३ वर्षीय चालक मगर उदयपुरगढी गाउँपालिका १ का स्थायी बासिन्दा हुन् । उनलाई इप्रकाकै हिरासतमा राखेर जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान भईरहेको डिएसपी भारतीले बताएका छन् ।  

 

प्रकाशित: २१ मंसिर २०८२ १५:२८ आइतबार