समाज

कटारीमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु

उदयपुरको कटारीमा एकाघरका २ सहित ३ बालकको दहमा डुबेर मृत्यु भएको छ । कटारी नगरपालिका ३ हडैयास्थित खहरेमा जमेको पानीमा पौडी खेल्ने क्रममा दुई दाजुभाइका ३ नाबालक छोराहरुको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।  

बिहीबार साँझ ५ः०० वजे घट्नाबारे जानकारी आएपछि प्रहरी टोली घट्नास्थल पुग्दा तीनैजनाको मृत्यु भईसकेको अवस्थामा भेटिएको इलाका प्रहरी प्रमुख डिएसपी उपेन्द्र खरेलले बताए । उनका अनुसार डुबेरमृत्यु हुनेमा कटारी नगरपालिका ३ हडैयाका जितु कुमर दनुवारका दुई छोरा ११ वर्षीय सुमित कुमार र ७ वर्षीय सुगम कुमर दनुवार छन् ।  

त्यसैगरि जितुकै सहोदर भाइ अनिल कुमर दनुवारका ८ वर्षीय छोरा आदित्य कुमर दनुवार पनि सँगै पौडी खेल्ने क्रममा डुबेर निधन भएको प्रहरीले जनाएको छ । अनिलका ५ वर्षीय अर्का छोरा भने सकुशल रहेको प्रहरीले जनाएको छ । बाँध बाँधेको ठाउँमा जमेको खहरेको पानीमा पौडी खेल्ने क्रममा डुबेर घट्ना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।  

कटारी ३ का वडाध्यक्ष पुस्कर खड्काका अनुसार पौडी खेल्न गएका एकाघरका दाजुभाइका ४ नाबालक छोरामध्ये ३ जनाको ज्यान गएको हो । जितुका २ छोरा र भाइ अनिलका २ गरि ४ जना बालक पौडी खेल्न गएकोमा ३ जना डुबेको र एकजना मात्र बाँचेको वडाध्यक्ष खड्काले बताए ।  

सँगै खेल्न गएका ४ बालकमध्ये ३ जना पौडी खेल्न पसेकोतर, निकैबेर नफर्केको कुरासानो बालकले घरमासुनाएपछि परिवारले घट्नाबारे जानकारी पाएका थिए । वडाध्यक्ष खड्काका अनुसार सँगै खेल्न गएका ५ वर्षीय बालक घर फर्केर दाजुहरु पौडी खेल्न पसेर ननिस्केको सुनाएपछि प्रहरी बोलाएर घट्नास्थल पुग्दा ३ बालकको मृत्यु भईसकेको थियो ।

तीनै बालकको शव पोष्टमार्टमका लागि कटारी प्रादेशिक अस्पतालमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित: १४ श्रावण २०८३ २१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App