समाज

हिउँदे बाढीले नेरुवाखोला माथिको मोटरेवल पुल भाँचियो

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको वडा नं ५ र ६ फाकुम्बालाई  वडा नं २ र १ हुँदै दोभान र फुङलिङ बजारसँग जोड्ने नेरुवाखोला खार्तेको निर्माणाधीन मोटरेबल हिउँदे बाढीका कारण भाँचिएको छ।

पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार दोभान–तिरतिर्रे–खार्ते– फाकुम्बा–साम्तोङ–सिन्धोलुङ झरना सडकको पुलको स्ल्याप ढलान सकेर लठ्ठा तन्काउने बेलामा गएराति भाँचिएको हो। केहि दिनदेखिको लगातार भइरहेको वर्षाका कारण नेरुवा खोलामा पानीको बहाव बढेको थियो।

सडकको पुलको स्ल्याप ढलान सकेर लठ्ठा तन्काउने समयमा खोलामा आएको बाढीले पुल भाँचिएको हो। पालिका अध्यक्ष वनेमले अब तत्काल फाकुम्बा क्षेत्रका नागरिकहरुले यो वर्षातको समयदेखि बाह्रै महिना यातायात सेवा उपभोग गर्न पाउने लक्ष्य अधूरो रहेको बताए।

विकास निर्माणले पालिकाका हरेक वडाहरू एकापसमा नजिकिँदै गएको बेला भएको यो क्षतिप्रति पालिका अध्यक्ष वनेमले दुःख प्रकट गर्दै दुर्भाग्यको संज्ञा दिएका छन्।

प्रकाशित: ११ चैत्र २०८२ १०:३६ बुधबार