जुम्लाको हिमा नदिमा एक बालक बेपत्ता भएका छन्। हिमा गाउँपालिका-७ बागबजारका यमन शाही बेपत्ता भएका हुन्।
शाही हिमा नदिमा बालुवा खेल्ने क्रममा बगेर बेपत्ता भएको वडा अध्यक्ष बिक्रम शाहीले बताए। अहिले अस्थायी प्रहरी पोष्ट जुगाडका प्रहरी सहायक निरीक्षक डेनी थापाको नेतृत्वको टोलीले स्थानीय सक्रियतामा खोजी कार्य गरिरहेको छ।
यता जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बालबालिकालाई वर्षाको बेलामा नदी खोलामा छाडा नछोड्न अनुरोध गरेका छन्।
प्रकाशित: २५ असार २०८२ १७:५१ बुधबार