जुम्लाको हिमा गाउँपालिकाको विकट बस्ती मोफ्ला गाउँमा पहिलो पटक गाडी पुगेको छ।
छिमेकी तिला गाउँपालिकाको कुँडारी-रुम्तु हुँदै २६ किलोमिटर सडकको ट्रयाक खुलेसँगै पहिलो पटक मोफ्ला गाउँमा गाडी पुगेको हो।
गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयले बताए। गाउँमा जिप पुग्दा स्थानीयले चालक जुम्लाको सिंजा-६ भाडगाउँका भिमबहादुर बुढालाई फुलमाला र अविरले स्वागत गरेका थिए।
हिमा नदिमा पुल बन्न नसकेका कारण अहिलेसम्म मोफ्ला गाउँ सड्क सञ्जालमा जोडिन सकेको थिएन्। हिमा नदी अन्तर्गत देवारगाउँ(मोफ्ला जोड्ने पक्की पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले यस वर्षका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। तर स्रोत सुनिश्चितता नहुँदा लामो समय देखी काम हुन सकेको छैन।
प्रकाशित: ५ श्रावण २०८२ १८:३२ सोमबार