समाज

जुम्ला अदालतमा ६८.४९ प्रतिशत मुद्दा फर्छ्यौट

जिल्ला अदालत जुम्लाले चालु आर्थिक वर्षमा ६८.४९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ। प्रतिवेदन अनुसार हाल ९८ वटा मुद्दा बाँकी छन्।

अदालतले सार्वजनिक गरेको प्रगति विवरणमा चालु आर्थिक वर्ष २०८१/०८२ मा ३ सय ११ मुद्दा मध्य २ सय १३ मुद्दा फर्छ्यौट भएका छन्। जिल्ला अदालत जुम्लाका श्रेष्तेदार महेन्द्र पौडेलका अनुसार यस बर्ष १ सय ९२ वटा मुद्दा दर्ता भएका थिए भने गत वर्षको १ सय १९ वटा मुद्दा थिए।

जिल्ला न्यायाधीश आनन्दप्रसाद पन्तले न्याय सेवा सत्य र तथ्यको आधारमा भएको बताए। न्याय क्षेत्र र पत्रकारिता करिब एउटै भएकाले पत्रकारिता क्षेत्रको निकै ठूलो भूमिका हुनेमा जोड दिए।उनले अदालतले बनाएको कार्य योजनाका अनुसार काम भइरहेको बताए।

प्रकाशित: ३२ असार २०८२ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App