समाज

गत आवमा ताप्लेजुङबाट १४ लाख क्युविक फिट काठको स्थानान्तरण इजाजत प्रदान

आर्थिक वर्ष २०८२/८३ मा ताप्लेजुङबाट १४ लाख बढी क्युविक फिट काठको स्थानान्तरण इजाजत प्रदान गरिएको छ।

डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुख ललितकुमार यादवका अनुसार अघिल्लो आर्थिक वर्षमा १४ लाख २२ हजार क्युविक फिट काठको स्थानान्तरण इजाजत प्रदान गरिएको हो।

डिभिजन वन कार्यालयका अनुसार स्थानान्तरण इजाजत दिइएको गोलिया काठबाट मूल्य अभिवृद्धि कर बापत ४ करोड २९ लाख ७१ हजार ४८ रुपैयाँ र प्रदेश सेवा शुल्क बापत ७१ लाख २० हजार ४४ रुपैयाँ संकलन भएको छ।

मूल्य अभिवृद्धि कर र प्रदेश सेवा शुल्क बापत डिभिजन वन कार्यालयले ५ करोड ९१ हजार ९२ रुपैयाँ संकलन गरेको छ। 

प्रकाशित: ८ श्रावण २०८३ १५:०१ शुक्रबार