समाज

पुसमा पाथीभरा मन्दिरबाट २४ लाख बढी भेटी संकलन

पुस महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट २४ लाख २५ हजार रुपैयाँ भेटी संकलन भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार पुस महिनामा ५ हजार ९ सय ११ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिना गणना भएको भेटीलाई महिना समाप्त भएपछि सार्वजनिक गर्ने गरेको छ।

प्रकाशित: १ माघ २०८२ ०९:३६ बिहीबार