समाज

करेन्ट लागेर ताप्लेजुङमा एकजनाको मृत्यु

सांकेतिक तस्बिर

करेन्ट लागेर आइतवार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ मा एक युवकको ज्यान गएको छ ।

फक्ताङलुङ- ५ तापेथोकमा पूर्णबहादुर राईका ३० वर्षीय छोरा सन्तोष राईले करेन्ट लागेर ज्यान गुमाएका हुन् ।  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार फक्ताङलुङ- ५स्थित ताम्मावाखोलामा पाथीभरा सर्भिस सेन्टरले पुल निर्माणका लागि ठेक्का लिई निर्माणाधिन पुलमा काम गर्ने क्रममा सन्तोषलाई करेन्ट लागेको हो ।  

घाइते अवस्थामा उनलाई उपचारका लागि तापेथोक आधारभूत अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १५ भाद्र २०८२ २१:३१ आइतबार