माइत जान हिँडेका आमा छोरी फड्के पुलबाट झर्दा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० की २ बर्षिया छोरीको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् ।
फुङलिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नं १० बस्ने २ वर्षीय निशा लिम्बू रहेकी छन् ।
उनकी आमा शान्ता गम्भीर घाइते भएको वडाध्यक्ष लिम्बूले जानकारी दिए । वडाध्यक्ष लिम्बूका अनुसार आमा शान्ता आफ्नी २ वर्षीय छोरी निशालाई लिएर माइती गाउँ फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमको तावातर्फ जाँदै थिइन् ।
उक्त क्रममा फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको सिमानामा पर्ने सिस्ने खोलामा रहेको फड्के पुल तर्ने क्रममा आमा छोरी पुलबाट खसेका थिए । पुलबाट खसेकामध्ये छोरीको मृत्यु भएको छ भने आमा घाइते भएको वडाध्यक्ष लिम्बूले जानकारी दिए ।
प्रकाशित: ३० श्रावण २०८२ १२:०३ शुक्रबार