समाज

पाथीभरामा एकैदिन पुगे सात हजारभन्दा धेरै भक्तजन

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकैदिन ७ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।  

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आज ७ हजार २२ जनाले मन्दिरको दर्शन गरेका हुन् ।  

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले यो संख्या वर्षकै सबैभन्दा बढी भएको जनाएका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका सुचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार चैत महिनाको २८ गतेसम्ममा ४३ हजार ७ सय ५८ जनाले मन्दिरको दर्शन गरेका छन् ।

प्रकाशित: २८ चैत्र २०८२ १७:०६ शनिबार