खोटाङको साकेला गाउँपालिका केन्द्र मानेभञ्ज्याङ बजार अनुगम गर्ने क्रममा भेटिएका अखाद्य बस्तु बरामद गरि नष्ट गरिएको छ ।
नजकिएको दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरि गाउँपालिकाले अनुगमन गर्दा भेटिएका अखाद्य बस्तु नष्ट गरिएको हो । शुक्रबार विहान गाउँपालिका मुकाम केन्द्र मानेभन्ज्याङ बजारको अनुगमनमा फेला परेका अखाद्य सामग्री दिउँसो नष्ट गरिएको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईको संयोजकत्वमा स्प्थानीय प्रहरी, कर्मचारी र सरोकारवाला व्यक्तिहरु संलग्न टोलीले बजारका होटल तथा किराना पसलमा अनुगमन गरेको थियो ।
प्रकाशित: १० आश्विन २०८२ १९:१३ शुक्रबार