समाज

ताप्लेजुङको लिङखिमका व्यक्तिको लडेर मृत्यु

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमका एक व्यक्तिको लडेर ज्यान गएको छ।

ज्यान जानेमा स्थानीय रूपमा कैंजले जेठा भनेर चिनिने बलबहादुर तवेवुङ रहेको स्थानीय मछिन्द्र तवेवुङ लिम्बूले जानकारी दिए। उनका अनुसार माझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका बेला बलबहादुरको लडेर ज्यान गएको हो।

प्रकाशित: ९ मंसिर २०८२ ०९:१८ मंगलबार