समाज

भाेटेकाेशी बाढी: केरुङ नाकाबाट कति गएका थिए चीनतर्फ?

<br>

भदौ १० गते भोटेकोसीमा आएको बाढीमा परी ज्यान गुमाउनेको शव संकलन जारी छ। कतिपयले शव पनि पाउने आशा छाडेर कुसको शव बनाएर  सद्गत गरिरहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार बिहीबार साँझसम्म साढे १२ सयभन्दा बढीको शव संकलन हुँदा ९५ जनाको पहिचान भई परिवारको जिम्मा लगाइएको छ। अहिले पनि ५२ सयभन्दा बढी बेपत्ता रहेको सरकारको दाबी छ। सरकारले अहिलेसम्म पनि बाढीबाट जनधनको कति क्षति भयो भनेर यकिन गर्न सकेको छैन।

सरकारकै विभिन्न निकायले प्राप्त शव संख्या नै फरकफरक उल्लेख गरिरहेकाले राज्यका निकायहरूबिच नै समन्वयको अभाव रहेको स्पष्ट हुन्छ। त्यसकारण पनि बाढीबाट भएको क्षति, राहत, उद्धारसहितका काममा प्रभावकारी बन्न सकेको छैन। सोही दिन नेपाल र चीनको सीमा क्षेत्र केरुङ नाकाबाट कति नेपाली बाहिरिए भन्ने यकिन विवरण पनि सरकारसँग छैन। केरुङमा काम गर्नेमध्ये एक सय ४७ जनालाई बिहीबार सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल पठाइएको छ।

व्यवसाय र अन्य कामका सिलसिलामा करिब १५ सय नेपाली चीनतर्फ रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसबाहेक भदौ १० गते बिहान बाढी आउनुअघि अर्थात् ८ बजेर ३५ मिनेट ३ सेकेन्ड जाँदासम्म नेपालको अध्यागमन कार्यालयबाट ९७ जना आवतजावत गरेको देखिन्छ।

चीनले नेपाल सरकारलाई पठाएको तथ्यांकअनुसार भने ९८ जना आवतजावत गरेको देखिन्छ। तर उनीहरूमध्ये चीनतर्फ गएकाहरूको अवस्था के छ भन्ने यकिन भइसकेको छैन। भदौ १० गते बाढी जानुअघि नाकाबाट चीन गएका नेपाली कति सुरक्षित छन् भन्ने यकिन विवरण उपलब्ध गराइएको छैन।

अनौपचारिक रूपमा करिब एक सयभन्दा नेपाली चीनतर्फबाट हराइरहेको परराष्ट्र मन्त्रालय स्रोतको दाबी छ। चीनतर्फ पनि थुप्रै व्यक्ति बेपत्ता रहेको जनाउँदै स्रोतले भन्यो, ‘चीनतर्फका अस्पतालमा केही घाइते छन् भनिए पनि संख्या र उनीहरूको विवरण आउन बाँकी छ।’

भदौ १० गते नेपाल–चीनको केरुङ नाकाको पुल पूर्ण रूपमा बगाएको छ। त्यही पुलबाट एक दिनको पास लिएर जानेहरूको तथ्यांक नेपालले कागजमा मात्रै राख्ने गरेकाले कति गएका थिए र चीनतर्फ पुगेकाहरू कति छन् भन्ने कुनै रेकर्ड छैन।

अध्यागमन कार्यालयका कर्मचारी नै तीन जना बेपत्ता र एक जनाको मृत्यु हुनुका साथै त्यहाँको सबै रकेर्ड पनि बगाएको छ। १० गते एक दिनको पास लिएर चीन पुगेकाहरू कति सुरक्षित भन्ने स्पष्ट जानकारी नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले केरुङ नाकाको चीनतर्फ फसेका नेपालीहरूलाई सुरक्षित रूपमा ल्याउन समन्वय भइरहेको बताए। केरुङ पुलमा कति मनवीय क्षति भयो भन्ने तथ्यांक पनि छैन। त्यस दिन चीनतर्फ पुगेका नेपालीहरूको अवस्थाबारे समन्वय गरेर जानकारी लिने काम भइरहेको प्रवक्ता क्षेत्रीले बताए।

सरकारले अहिलेसम्म पनि भदौ १० गतेको बाढीले कति मानवीय क्षति गरेको छ भन्ने यकिन तथ्यांक निकाल्न सकेको छैन। बाढीले बगाएका बस्तीहरूमा कति थिए भन्ने वडा कार्यालयहरूबाट विवरण लिएर मात्रै मानवीय क्षतिको वास्तविक तथ्यांक आउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ।

बाढीअघि कसकसले पार गरे रसुवा अध्यागमन?

बाढी आउनुअघि बिहान ८ः०३ देखि ८ः३५ सम्म चेतप्रसाद भट्ट, अनिल गोयल, ज्याम्बल लामा (नेपाल प्रवेश), कर्मा छेजोम लामा (नेपाल प्रवेश), ली लिउ, फुआन चेन, वेंकटरामन बाला सुव्रमण्यम, श्रीनिवास सुधीर रंगु, महेन्द्र गुप्ता, सुधिन्द्र यापालपर्वी, जियानकियाओ चेन, विवेकशंकर श्रीवास्तव, केशव राव ताडिपत्री, लक्ष्मीनाथ गोपीसेट्टी, वेंकटाकृष्ण बेंगलुरु, रघुनाथ राव, कीर्तिकुमार आचार्य, संगमु लामा (नेपाल प्रवेश), मधुसुदन पाठक, बोसबहादुर तामाङले रसुवा अध्यागमन पार गरेको देखिन्छ।

यसैगरी रसुवा अध्यागमन पार गर्ने अन्यमा भीमबहादुर तामाङ, नरबहादुर तामाङ, युवराज तामाङ, समर मण्डल (नेपाल प्रवेश), सुभाषचन्द्र घोष, जयन्त सान्याल, स्नेहासिस दत्ता, क्षितिशचन्द्र विश्वास, तेन्जिङ शेर्पा, शर्मिष्ठा भौमिक राय, सांगे शेर्पा, ममता विश्वास, मिताली मण्डल, सोनाम तेसी शेर्पा, शिखा नस्कर विश्वास, निखिल रञ्जन विश्वास, अम्बरकाजी खड्का, केया प्रमाणिक, मनकुमारी खड्का, सिप्रा राय छन्।

सीताकुमारी न्यौपाने, अनिर्बान भट्टाचार्य, निर्मला ढुंगाना, दीपाली सरकार, सीता खनाल, देवव्रत राय चौधरी, शेखर ढुंगाना, लेखा राय चौधरी, गोपाल खनाल, मनसकुमार घोष, रीता रानी, अरिन्दम गांगुली, शशी भूषणकुमार यादव, सुस्मिता भट्टाचार्य, सुलोचना खनाल, मञ्जु राय चौधरी, संघमित्रा बनर्जी, सुष्मा आचार्य, अनिता दास, विमल आचार्य, मउ मण्डल, पंकज नौग, नारायण पन्थी, स्वपन मण्डल, देवाशिष बनजीले पनि सोही समयावधिमा रसुवा अध्यागमन पार गरेको रेकर्ड छ।

यसैगरी उक्त अध्यागमन पार गर्नेहरू अमरनाथ पाल, रणजितकुमार हाउलादार, स्वपनकुमार सिन्हा, रीना बनर्जी, मौसुमी गांगुली, लोपामुद्रा कुण्डु, शुभ्रश्री चक्रवर्ती, ग्याल्जेन शेर्पा, छिरिङ तामाङ, हाइफेई लिउ, देवराज सुनुवार, दियानहोङ देङ, धनबहादुर तामाङ, जिसान फु, विशाल गुरुङ, सुजन आले मगर, ताओ पेङ, जीवन गुरुङ, बिन्ची फाङ, शिवकुमार श्रेष्ठ, आसबहादुर गुरुङ, मिइयु देङ, मार्को राट्टो, हे होङरोङ, ज्ञानबहादुर राना मगर, दायान गोङ, विक्रम गुरुङ, होङजुन लिउ पनि छन्।

प्रकाशित: १९ भाद्र २०८३ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App