कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख किरण सिंह तिलौराकोट साझेदारी वन क्षेत्रको गोरुसिङ्गे जंगलबाट शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन बनेका छन्।
सिंह दिउँसो ४ बजेदेखि सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ। सिंहको मोटरसाइकल भने गोरुसिङ्गेको ढेकारी नजिकै फेला परेको प्रहरीले जनाएको छ।
सिंहको मोबाइलमा सम्पर्क गर्दा मोबाइलमा रिङ जाने गरेको छ। कल ट्रेसिङ गर्दा सो मोबाइलको सम्पर्क जगदीशपुरमा एनटिसीको टावरमा देखिएको प्रहरी उपरीक्षक मनोहर भट्टले बताए। सिंहको नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सर्वसाधारणले खोजी कार्य जारी राखेका छन्।
हालसम्म सिंहको अवस्था पत्ता लाग्न सकेको छैन। खोजी कार्य जारी रहेको प्रहरी परीक्षाको मनोहर भट्टले बताए।
प्रकाशित: २३ श्रावण २०८३ ०७:२१ शनिबार