ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ।
आगलागीबाट करिब १० घर जलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख कमल बजगाँइले जानकारी दिए।
आगलागीको कारण खुलेको छैन। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको डिएसपी बजगाँइले बताए।
दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणको प्रयास भइरहेको उनले जानकारी दिए।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित: ८ आश्विन २०८३ १५:१७ बिहीबार