समाज

जेन-जीको दवावले ओलाङचुङगोलाको मूल भन्सारमा मंसिर १ देखि कर्मचारी आउने

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाको मूल भन्सार कार्यालयमा मंसिर १ गतेदेखि कर्मचारी पठाउने गरी भन्सार विभागले तोक लगाईदिएको छ ।  

यो बाटो म्याद बाहेकको समय हो । मूल भन्सार कार्यालयमा खटाइने कर्मचारी लिएरै जाने भन्दै जेन जी ताप्लेजुङको एक समूह नियमित रुपले भन्सार विभागको ध्यानाकर्षणमा गएको थियो ।  

जेन जी ताप्लेजुङकोतर्फबाट दिनेश सिग्देल र मुकेश कार्कीले भन्सार विभागको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा पुगेर ओलाङचुङगोलाको मूल भन्सार कार्यालयमा कर्मचारी खटाइदिन भन्सार विभागको नियमित ध्यानाकर्षण गराएका थिए।  

जेन जी ताप्लेजुङले भन्सार कार्यालय स्थापना र कर्मचारी खटनपटन तथा मौवाटारमा सुख्खा बन्दरगाह निर्माणसहितका विषयमा नियमित रुपले प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्मासँग छलफल तथा ध्यानाकर्षण गरेका थिए ।  

ओलाङचुङगोलाको मूल भन्सार कार्यालयमा नासु १, खरिदार १ तथा कार्यालय सहयोगी श्रेणीविहीन २ गरी ४ कर्मचारीको दरबन्दी रहेकोमा राजश्वतर्फ कायम रहेको खरिदार तहको दरबन्दी कटौति गरी ३ जना मात्र कायम गरिएको छ । स्थायी पदपूर्ति नभएसम्म कम्युटर अपरेटर, हलुवा सवारी चालक र कार्यालय सहयोगी सेवा करारमा लिन सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित: २५ कार्तिक २०८२ १५:११ मंगलबार