समाज

गुडिरहेको स्कुल बसबाट खस्दा सहचालकको मृत्यु

उदयपुरमा एक निजी विद्यालयको बसबाट खसेर सहचालकको निधन भएको छ । 

सोमबार बिहान करिव ९ बजे जिल्लाको कटारी नगरपालिका २ गिद्वबरस्थित भित्री सडकखण्डमा गुडिरहेको सौगात एकेडेमी बोर्डिङ स्कुलको गाडीबाट खस्दा कटारी २ कै सहचालक उत्तम थापाको मृत्यु भएको हो।

विद्यार्थी लिन कटारी नगरपालिका १ बेलसोततर्फ जाँदै गरेको लु. प्र. १–००१ ख ०९८५ नम्बरको स्कुल बसबाट अचानक खसेका ३१ वर्षीय थापा गम्भीर घाइते भएका थिए। उनको तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएकोमा उपचारकै क्रममा ११ः२५ बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बस धनी तथा चालक कटारी नगरपालिका २ कै ४८ वर्षीय छत्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु भएको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कटारीको शव गृहमा राखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी थापाले बताए।

प्रकाशित: ११ जेष्ठ २०८३ १८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App