नौरथा सुरु हुन एक दिन मात्र बाँकी छ। दसैँमा जिल्लाका विभिन्न स्थानमा दुर्गा भगवतीको मूर्ति प्रदर्शन गर्ने चलन छ। यो समयमा जिल्लाका मूर्ति कारहरुलाई भने मूर्ति बनाउन भ्याइनभ्याइ छ।
जिल्लामै मूर्तिकार भनेर चिनिएका कपिलवस्तु नगरपालिका वडा नम्बर ३ भिक्षुटोलका सुनिल तिवारीलाई यति बेला मूर्ति बनाउनै चटारो भएको बताउँछन्।
विगत ८ वर्ष देखि मूर्ति बनाउने धन्दामा लागेका तिवारीलाई मुखैमा आएको दसैँ कैलागि मूर्ति बनाउन भ्याइनभ्याइ छ। मूर्ति व्यवसायलाई आफ्नो जीवनको आधार बनाएका उनले बाबा मूर्ति कला केन्द्र नाम फर्म दर्ता समेत गराएका छन्।
गत वर्ष सम्म भिक्षु टोलमा मूर्ति बनाउने गरेका उनले यस वर्ष भने चौबिस हजार चोकमा रहेको आफ्नै जग्गामा पाल टाँगेर मूर्ति बनाउनमै व्यस्त देखिन्थे।
दसैँको बेला प्रदर्शन गरिने दुर्गा भगवतीका मूर्तिहरूका बनाउन अर्डर आएकोले दिनरात मूर्ति बनाउन लागि परेको उनी बताउँछन्।
गत वैशाख देखि नै मूर्ति बनाउन सुरु गरेको उनले अहिले आफ्नो परिवार र ३ जन कामदारसँगै मूर्ति बनाउनमा लागेका छन्। उनी अहिले विभिन्न आकारका मूर्ति तल्लीन छन्।
मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेकोले उनी अहिले सजावट तथा रंगरोगन कार्यमा लागेका छन्। ‘डेलीभरी समयमै दिन छ अहिले मूर्ति बनाउन भ्याई नभ्याई छ’ उनले भने।
उनी अहिले दुर्गा भगवती दानव तथा विभिन्न देवी देउताका बनाएको माटोको मूर्तिमा रंग लगाउनमा लागी परेका छन्। दसैँको बेला प्रदर्शन गरिने दुर्गा भगवतीका मूर्तिहरूका बनाउन अर्डर आएकोले दिनरात मूर्ति बनाउन लागि परेको उनी बताउँछन्।
उनले अहिलेको दशैलाई लक्षित गरी २२ सेट मूर्ति बनाएका छन्। सबै अग्रिम बुकिङ भएको उनले बताए। ‘समयमा डेलिभरी दिन परेकोले अहिले एक छिन फुर्सद छैन’, उनले भने।
उनले २५ देखि हजार देखि ६५ हजारसम्मका मूर्तिहरूको अर्डर भएको बताए। यसपालिको सिजनमा ७ लाख बढीको मूर्ति बचेर २ लाख आम्दानी हुने उनले बताए।
३ महिना देखि छोरा यज्ञमणि र श्रीमती सहित ५ जना नै मूर्ति बनाउने कार्यमा व्यस्त रहेका व्यस्त रहेको तिवारी बताउँछन्। एउटा मूर्ति बनाउन ज्याला बाहेक १० देखि १५ सम्म हजार खर्च रहेको उनले बताए।
त्यस हिसाबले पनि अहिलेका सिजनमा मात्र २ सुद्ध आम्दानी हुने उनले बताए। उनले माटो भन्दा फाईभरको मूर्तिमा आफूलाई बढी फाइदा हुने गरेको बताए। उनले भने,‘आम्दानी र धर्म पनि कमाइने हुँदा अलि बढी मेहनत गरेका छु।’
पेन्टिङ र मूर्तिको सजावट पछि तयार हुने उनले बताए। घटस्थापना देखि पञ्चमीसम्म सबै मूर्तिहरू बिक्ने उनले बताए। दुर्गा, बाघ, भैंसी, राक्षस, गणेश, लक्ष्मी, कार्तिके लगायतका अर्डर अनुसारका मूर्ति निर्माण गर्ने गरेको बताउँदै मूर्तिको लागि चाहिले औजार र सजावटका सामग्रीहरू भारतबाट ल्याउने गरेका छन्।
यस वर्ष गत वर्ष भन्दा केही मूर्ति बढी अर्डर आएको बताए। तिवारी जस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाँटोल स्थित अनिल गुप्ताले ६ महिना अघि देखि मूर्ति बनाउने कार्यमा लागेको बताउँछन्।
२५ सेट मूर्ति निर्माण गरी डेलीभरीकालागि तयार रहेको उनले बताए। एक सेटको २० देखि ६० हजार सम्मका मूर्ति बनाएको उनले बताए। १५ वर्ष देखि मूर्ति बनाउने कार्यमा लागेको र यसपालि ४ लाख जति आम्दानी गर्ने उनी बताउँछन्।
प्रशासनले डिजे बजाउन रोक लगाएको र सिम क्षेत्रमा सामान ल्याउन कडाइ गरिएकाले यस वर्ष गत वर्षको तुलनामा आम्दानी कम हुने बताए।
डिजे मै रोक लगाइएकाले २ वटा अर्डर भएको मूर्तिको बिक्री नभएको उनले गुनासो गरे। ४ जना कामदार राखेर उनी अहिले पेन्टिङ र सजावटमा लागेको बताउँछन्।
माटो, बास, सुतली, पराल, काटी, भुस, कपडा, पेन्ट र सजावटको सामाग्रीले मूर्ति बनाउने गरेका छन्। सजावटको सामाग्री भने भारतबाट ल्याउने गरेका छन्।
दुर्गा भगवती, लक्ष्मी, गणेश, सरस्वती, हनुमान, काली, विश्वकर्मा, गणपति, भैँसी बाघ, सर्प लगायतको मूर्ति बनाउने गरेका छन्।
कपिलवस्तु नगरपालिको सेमराहवा, औरहिया कृष्णनगर महाराजगंज लागतयका स्थानमा पनि मूर्तिकारले मूर्ति बनाएका छन्।
जिल्लामा कतै असोज २५ गते घटस्थापना र कतै सप्तमी देखि मूर्ति प्रदर्शन गर्ने चलन छ। मूर्तिलाई द्वादशी तिथिका दिन स्थानीय नदी, नाला र खोलामामा सेलाउने गरिन्छ।
प्रकाशित: २४ आश्विन २०८३ १७:०० शनिबार



