समाज

नेपाललाई जुनसुकै सहयोग गर्न बेलायत तयार छ : विदेशमन्त्री एड मिलिब्यान्ड

नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीप्रति बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डले गहिरो दुःख व्यक्त गर्दै प्रभावित सबैप्रति सहानुभूति प्रकट गरेका छन्।

मिलिब्यान्डले सामाजिक सञ्जाल एक्समार्फत नेपालमा आएको बाढीबाट प्रभावित सबै, घटनास्थलमा रहेका बेलायती नागरिक तथा उनीहरूका परिवार र बेलायतमा रहेका प्रभावित परिवार तथा समुदायप्रति आफ्नो साथ र चिन्ता रहेको बताएका छन्। उनले पछिल्ला घट्नाको बारेमा नेपालस्थित बेलायती दूतावासको संकट व्यवस्थापन टोलीसँग कुराकानी गरेको जानकारी दिँदै नेपाल सरकारलाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन बेलायतले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीमा ठूलो जनधनको क्षति भएको छ। पछिल्लो विवरणअनुसार सयौं मानिस अझै बेपत्ता छन् र बेपत्तामध्ये ३३ जना बेलायती नागरिक पनि छन्। मिलिब्यान्डले यो घटनालाई अत्यन्तै भयावह भन्दै बेलायती नागरिकको अवस्थाबारे चासो व्यक्त गरेका हुन्। 

नेपालमा रहेका बेलायती नागरिकलाई स्थानीय अधिकारीहरूको सुरक्षा निर्देशन पालना गर्न समेत बेलायत सरकारले आग्रह गरेको छ। यसैबीच, अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति ऐक्यबद्धता जनाउँदै उद्धार तथा मानवीय सहयोगका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाइरहेका छन्।

प्रकाशित: ११ भाद्र २०८३ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App