समाज

ताप्लेजुङमा दूषित कफ सिरफको बिक्री बितरणमा प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिषाक्त कफ सिरफको प्रयोग तथा बिक्री बितरणमा रोक लगाएको छ ।  

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले बिहीबार एक अपिल जारी गर्दै बिषाक्त कफ सिरफको प्रयोगबाट भारतमा बालबालिकाको मृत्यु भएकाले सचेतना अपनाउँदै बिक्रीवितरण नगर्न भनेका हुन् ।

प्रजिअ सेढाईँले त्यस्ता प्रकारका प्रतिबन्धित कफ सिरफको बिक्री बितरण तथा प्रयोग नगर्न तथा गर्न नदिन अपिल गरेका छन् । यस्ता प्रकारका बिषाक्त कफ सिरफको प्रयोग तथा बिक्री बितरण भईरहेको सूचना पाए तत्काल स्थानीय प्रहरी प्रशासनलाई जानकारी दिन समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।  

बिषाक्त कफ सिरफको प्रयोग तथा बिक्री बितरण भएको पाईए जफत गरी बिक्री बितरणकर्तालाई आवश्यक कानुनी कारवाही हुनेतर्फ समेत प्रशासन कार्यालयले सचेत गराउँदै नेपाल सरकार, स्वास्थ्य मन्त्रालय औषधि व्यवस्थापन विभागबाट स्वीकृत प्राप्त भएका औषधिको प्रयोग र बिक्री बितरण गर्न समेत आग्रह गरेको छ । 

प्रकाशित: २७ कार्तिक २०८२ १८:१४ बिहीबार