समाज

अज्ञात समूहद्वारा चौकीमा चोरी

जुम्लाको सिञ्जा गाउँपालिका-१ मा अवस्थित धाँपा स्वास्थ्य चौकीमा चोरी भएको छ। गए राति अज्ञात समूहद्वारा चोरी भएको हो। स्वास्थ्य चौकी प्रमुख मिन प्रसाद तिवारीले चोरीमा एक थान ल्यापटप, दुई थान डेस्कटप कम्प्युटर, पाँच थान बल्ब र अस्थायी स्वास्थ्य उपकरण चोरी भएको बताए। बाहिरको मुख्य ढोका खोलिएको र भित्रको कोठाको ढोका फोडिएको छ। 

यसअघि पनि धाँपा स्वास्थ्य चौकीमा चोरी भएको थियो। उनले भने, ‘पटक–पटक चोरीको निशानामा परेको छ। यो तेस्रोपटक चोरी भएको हो,’ तिवारीले बताए। यता वडा अध्यक्ष हरिन्द्र आचार्यले बिहान १० बजे कर्मचारी कार्यालय पुगेपछि मात्र चोरी भएको थाहा भएको बताए। 

घटनाबारे तुरुन्तै प्रहरी चौकी नराकोटमा जानकारी गराइएको छ। स्वास्थ्य संस्थामा पटकपटक चोरी हुनुले स्थानीय आक्रोशित भएका छन्। शान्ति सुरक्षा व्यवस्थामा कमजोरी भएको औंल्याएका छन्। ‘स्वास्थ्य चौकी नै सुरक्षित छैन,’ उनले भने। प्रहरी चौकी नराकोटले घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १२ भाद्र २०८२ १८:०९ बिहीबार